सरकारमा छँदा गरेकाे सहयोगका लागि धन्यावादः ओली

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले खबरदारी नगरे सरकार लापरवाह हुने रहेछ भन्दै देशमा सरकारबाट संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन बसेको भन्दै गुनासो पोखेका छन् । आज (मंगलबार) सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।

ओलीले भने,‘एमाले आज सत्तापक्षबाट प्रतिपक्षमा गएको छ । सरकारमा छँदा हामीले सञ्चार माध्यमबाट महत्वपूर्ण सहयोग पायौं । प्रधानमन्त्रीको हैसियतमा मैले पाएँ । त्यसका लागि धन्यवाद दिन चाहन्छु । सरकारले गल्ती नगरोस् भनेर अमूल्य सुझावहरू दिनुभयो । ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित गर्यो।’ उनले वर्तमान सरकारलाई मिडियाले खबरदारी गर्नुपर्ने सुझाव दिएका हुन् ।

सम्बोधनको क्रममा ओलीले संसद् विघटन गर्नु सही भएको पनि तर्क गरे । उनले ताजा जनादेशमा जानु कसरी प्रतिगामी कदम हुन्छ ? भन्दै प्रश्नसमेत गरे । उनले पार्टीको दशौं महाधिवेशनको लागि आफूहरु तयारीमा होमिएको र सोहीअनुसार दस्तावेज तयार भएको र पार्टीको आगामी महाधिवेशन महत्वपूर्ण हुने टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *