नेविसंघद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे विराेध

काठमाडौं – कात्तिक १४ : सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज हुनुपर्ने माग राखेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आज एक विज्ञप्ति जारी गरेर विभिन्न चाडपर्व नजिकिएको बेला नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

काेराेना महामारी पछि प्रतिकूलतामा बसिरहेका नेपालीलाई राहत महसुस हुनेगरी काम गर्ने समय भएको उल्लेख गर्दै विज्ञिप्तमा भनिएको छ, ‘सरकारले हस्तक्षेप गरी तत्काल आयाल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गदैछौं।’

नेपाल आयल निगमले सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएपछि विद्यार्थी संगठनहरू त्यसको विरुद्धमा उभिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *