आइतबार देशभरका अदालत बन्द हुने

काठमाडौं – भोलि आइतबार देशभरका अदालत बन्द हुने भएका छन्। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको शोकमा एक दिन अदालत बन्द हुने भएका हुन्।

शनिबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरू बन्द गर्ने निर्णय गरेको हो।

पूर्वप्रधानन्यायाधीश शर्माको माघ ५ गते बुधबार निधन भएको थियो। शर्मा २०५४ चैत ३० गते प्रधानन्यायाधीशमा नियुक्त भई २०५६ मंसिर ३० सम्म काम गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *