कोशीमा नयाँ सरकारविरुद्ध केदार कार्कीले गरे सर्वोच्चमा रिट दायर


काठमाडौं – कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च पुगेका छन् । कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

कार्कीले नयाँ सरकार गठनको आह्वान बदर गरेर मुख्यमन्त्रीमा आफैलाई निरन्तरता दिन माग गरेका छन् । मुख्यमन्त्री कार्कीका विरुद्ध एमाले–माओवादीका प्रदेश सभा सदस्यहरुले प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित गराएका थिए । संकल्प प्रस्ताव पारित भएपछि मुख्यमन्त्री कार्कीले विश्वसको मत लिएनन् ।

मुख्यमन्त्री कार्कीका अनुसार संविधानको धारा १६८ (५) बमोजिम बनेको सरकारलाई विश्वासको मत पाएपछि दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन ।

उनी यसअघि उपधारा ५ बमोजिम मुख्यमन्त्रीका नियुक्त भएका हुन् । उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुँदा दलको समर्थन नभएर व्यक्तिको समर्थन हुने, व्यक्तिको समर्थन फिर्ता लिन नमिल्ने मुख्यमन्त्री कार्कीको जिकिर छ ।

प्रतिक्रिया