विशेष अदालतको फैसला गरेका चार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन


काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंबाट फैसाला भएका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।

विशेष अदालतबाट फैसला भएका सार्वजनिक सम्पत्ती हानी नोक्सानी र घुस र रिसवत गरी ४ मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्।

अख्तियारले चेतनाथ भारती, बद्री भण्डारी, गजेन्द्रप्रसाद जायसवाल र मेघनाथ रेग्मी प्रतिवादी रहेका मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो। विशेषबाट विभिन्न मितिमा फैसलामाथि आयोगलाई चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन दिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया