शैक्षिक कार्यक्रम तीन वर्षे एलएलबी खारेजीको माग

काठमाडाैं – कानुनसम्बन्धी शैक्षिक कार्यक्रम तीन वर्षे एलएलबी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । कानुनका विद्यार्थीद्वय ऋतिक यादव र रितेश पन्थीले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

यसअघि नै सर्वोच्चले कानुनका लागि आवश्यक जनशक्ति पाँच वर्षे बीए एलएलबीबाट उत्पादन भएपछि विस्तारै तीन वर्षे एलएलबी हटाउने आदेश दिएकाले अब तीन वर्षे एलएलबी खारेज गर्नुपर्ने माग गर्दै उनीहरू सर्वोच्च पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *