राष्ट्रियसभा सदस्य निर्वाचन : कर्णालीमा दुई मतदाता अनुपस्थित, मतगणना हुँदै


काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा भएको मतदानमा दुईजना अनुपस्थित भएका छन् ।

प्रदेशसभा सदस्यतर्फ ३४ र स्थानीय तहका जनप्रतिनिधितर्फ १५५ मत खसेको प्रदेश निर्वाचन कार्यालय कर्णालीका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

कर्णालीमा प्रदेशसभा सदस्य ३५ र पालिकाका प्रमुख र उपप्रमुख १५६ गरी १९१ मतदाता रहेका छन् । प्रदेशसभाका एक सदस्यको मतभार ४८ र पालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ । मतगणना केही बेरमा सुरु हुने चालिसेले जानकारी दिए ।

प्रतिक्रिया