रेल मार्गमा खसेका छ वर्षीय बालकको ज्यान जोगाएकाे क्षण(भिडियो)

काेराेना भाइरसले विश्वमा महामारीकाे रूप लिदै गर्दा पछिल्लो समय सामाजिक सञ्जालमा एउटा छुट्टै विषयकाे भिडियाेले चर्चा बटुलेकाे छ ।

हेर्दा कुनै चलचित्रकाे दृश्य अंश जस्ताे लाग्ने भिडियाेमा दृष्टि कमजोर भएकी आमाको हातबाट छुटेर रेल मार्गमा खसेका एक बालकलाई एक रेल कर्मचारीले बचाएका छन्।

भारतमा भएको यस घटनामा मयूर शेल्केले आफ्नो ज्यान जोखिममा राखेर गरेको कामको प्रशंसा भइरहेको छ। शेल्केले आफ्नो कामप्रति गर्व लागेको बताए।

उनले करिव दश सेकेण्डकाे समय अन्तरालमा रेलमार्गमा खसेका बालककाे उद्दार गरेकाे भिडियाेमा देख्न सकिन्छ । बीबीसी

हेर्नुहोस् त्यो नाटकीय क्षणको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *