वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन आयोगकाे आग्रह


काठमाडाैं – पालिका चुनावको मतदानको दिन यही वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन सरकार समक्ष निर्वाचन आयोगले आग्रह गरेको छ । चुनावका दिन मतदानका लागि ३० गते शुक्रवार नेपालभरि सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय भएको हाे ।

आज भएको पत्रकार सम्मेलनमा आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदानको दिन ३० गते शुक्रवार नेपालभरि सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए।

यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न वैशाख २८ देखि ३० गतेसम्म विद्यालयको उपयोग गर्नुपर्ने भएकाले, विद्यार्थीको भौतिक उपस्थिति नगराउन तथा मतदानस्थल तथा मतदान केन्द्र तोकिएका, वडा र स्वास्थ्य चौकीका भवन र भौतिक संरचना मतदानका लागि उपयोग गर्न २८ देखि ३० गतेसम्म उपलब्ध गराउन सङ्घीय मन्त्रालयमर्फत पालिकालाई लेखेर पठाउने पनि निर्णय गरेको छ।

प्रतिक्रिया