६ महानगरबाहेक सबै स्थानीय तहको मतपत्र छपाइ सकियाे


काठमाडौं – स्थानीय तह निर्वाचनका लागि ६ महानगरपालिकाबाहेक अन्य सबै स्थानीय तहको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ। हाल ६ महानगरबाहेक ७४७ स्थानीय तहको मतपत्र छपाई सकिएको हाे ।

यसैगरी, आयोगले वैशाख १३ गतेदेखि छपाइ भएको मतपत्र ढुवानी सुरु गरेको छ । बिहीबारसम्म ३३ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ ।

वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने जनाएको छ । त्यसमध्ये एक करोड ८० लाख ४५ हजार मतपत्रको छपाइ सम्पन्न भएको आयोगले जनाएका छ ।

प्रतिक्रिया