बारामा हातहतियारसहित २ जना पक्राउ


बारा – बारामा विभिन्न हातहतियारसहित दुई जना पक्राउ परेका छन् ।

सिम्रौनगढ नगरपालिका-९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाइनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित उनीहरूलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारी थाना घोडासहन ग्राम पंचायत लौखान-१ बस्ने २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँ भेलवा-१४ बस्ने २१ वर्षीय अकलेशकुमार सिंह रहेको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०१ पी ३१६१ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बल नेपाल गोलागंज पोष्टबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया