प्रधानमन्त्री देउवासँग अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुखको भेटवार्ता

काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

फ्लिनले आज शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

प्रमुख फ्लिन चार दिने औपचारिक सद्भावना भ्रमणका लागि हिजाे बिहीवार नेपाल आएका हुन् । प्रमुख फ्लिनले सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाल बसाइँका क्रममा उनले नेपालले राष्ट्र सङ्घीय शान्ति सेनामा पुर्‍याइरहेको भूमिकाको प्रशंसा गर्दै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र अवलोकन तथा विपद् पूर्वतयारी, प्रतिकार्य तथा मानवीय सहायताका क्षेत्रमा अमेरिकी सहयोगका विविध विषयमा पनि छलफल गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *