५ दिनदेखि लगातार घटिरहेको सेयर बजारमा आज दोहोरो अंकको वृद्धि
काठमाडौं – लगातार घटिरहेको नेपाली सेयर बजारमा आज बिहीबार भने दोहोरो अंकको वृद्धि देखिएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १२.५७ अंकले बढेर १९७८.९४ विन्दुमा पुगेकाे छ ।
त्यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ३.१० अंकले बढेर ३८२ विन्दुमा पुगेको छ ।
कूल २२१ वटा कम्पनीकाे ३५ लाख ९४ हजार ५ सय ९४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १८ करोड ७१ लाख ४५ हजार रूपैयाँ बराबरको कारोबार भएकाे छ ।
कूल १३ उपसमूहमध्ये ११ वटा उपसमूहमा हरियाली छाउँदा लाइफ इन्स्याेरेन्स समूह र लगानी उपसमूह भने घटेको छ ।