कोरोना अपडेट : देशभर थप ४ सय ५६ जना संक्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीन हजार ८३८ जनाको कोरोना परीक्षण गर्दा ४५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये दुई हजार १६८ जनाको पिसिआर र एक हजार ६७० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हाल देशभर दुई हजार ८४१ जना सक्रिय संक्रमित छन् भने ८० जना संक्रमित निको समेत भएका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *