ललितपुर ३ मा फराकिलो अन्तरसहित तोसिमाको अग्रता कायम


ललितपुर – ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तोसिमा कार्की फराकिलो मतान्तरसहित अग्रता कायम राखेकी छिन् ।

अहिलेसम्म २२ हजार ६ मत गणना गरिएकोमा तोसिमाले ९ हजार ४ सय ३ मत प्राप्त गरेकी छिन् भने निकटतम प्रतिस्पर्धी एमालेका अमृत खड्काले ६ हजार ६ सय ४३ मतमात्र ल्याएका छन् ।

यसरी हेर्दा तोसिमा खड्का भन्दा २ हजार ७ सय ६० मतले अगाडि रहेकी छिन् । त्यस्तै अर्की प्रमुख प्रतिस्पर्धी पम्फा भुषालले ३ हजार ७ सय ५० मत ल्याएकी छिन् । भुषालभन्दा तोसिमा ५ हजार र ६ सय ५३ मतले अगाडि रहेकी छिन् ।

भुसाललाई सत्तारूढ गठबन्धनमा रहेका दलहरूको समर्थन थियो ।

प्रतिक्रिया