सुन्दर युवतीलाई किन दिइन्छ ट्राफिक प्रहरीको जिम्मा?

प्योंगयाङ – सबैभन्दा क्रुर कम्युनिष्ट शासनव्यवस्था भएको देश उत्तर कोरियामा सुन्दर युवतीलाई रोजेर ट्राफिक प्रहरी बनाइन्छ भन्दा अनौठो लाग्छ । तर, यो सत्य हो । यहाँका सुन्दर युवतीहरु आफैं ट्राफिक प्रहरी बन्न चाहन्छन् ।

राजधानी प्योंगयाङको सडकमा ट्राफिक प्रहरीको रुपमा सुन्दर युवतीहरु देखिनु यहाँको लागि आम कुरा हो। यतिमात्र होइन यहाँ ट्राफिक युवतीहरुको लागि छुट्टै वेबसाइट छ। यो वेबसाइटमा हरेक महिना ‘प्योंगयाङ ट्राफिक गर्ल अफ द मन्थ’को घोषणा गरिन्छ।

वेबसाइटमा ती युवतीहरुको घोषणा गरेसँगै उनीहरुको लागि म्यासेज लेख्नको लागि स्पेससमेत राखिएको हुन्छ जहाँ ती सुन्दर युवतीका लागि फ्यानहरुले म्यासेज लेख्छन्। यी युवतीहरुको फोटो हुलाक टिकट, पोस्टर र बच्चाका खेलौनामासमेत प्रयोग गरिन्छ।

देशका युवतीहरु पनि यो जागिरको लागि मरिहत्ते गर्छन् । ट्राफिक प्रहरीको लागि जागिर खुल्दा यहाँ युवतीहरुको लाइन लाग्छ । उत्तर कोरियामा ट्राफिक सिग्नलको प्रचलन छैन । यहाँ सबै व्यवस्थापन ट्राफिक प्रहरीले नै गर्नुपर्छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *