सामाजिक सञ्‍जाल चलाउँदा सचेत हुन आग्रह


काठमाडौं – साउदी अरबस्थित नेपाली दूतावासले सामाजिक सञ्‍जाल चलाउँदा निकै सचेत हुन नेपाली समुदायलाई आग्रह गरेको छ । दूतावासले सूचना जारी गर्दै साउदी सरकारका साइबर अपराधसम्बन्धी नियमको सबैले पालना गर्नुपर्ने उल्लेख गरेको छ ।

राजदूत महेन्द्र पी. सिंहले वैदेशिक रोजगारी वा अन्य विविध कामका लागि साउदी आइपुगेका नेपालीले साउदीका अन्य कानुन जस्तै साइबर कानुनलाई पनि उल्लंघन गर्न नहुने उल्लेख गरेका छन् ।

साउदीमा साइबार अपराध बढेपछि सावधानी अपनाउन नजान्दा नेपालीहरू साइबर मुद्दामा परेकाले सचेत रहन राजदूतले सामाजिक सञ्‍जालमार्फत् आग्रह गरेका हुन ।

राजदूत सिंहका अनुसार आफ्ना मोबाइल फोन, म्यासेन्जर, ह्वाट्सएप र भाइबरलगायतबाट अपरिचित व्यक्तिसँग अनावश्यक कुराकानी वा अन्य माध्यमबाट साउदी कानुनको बर्खिलाप हुनेगरी कुनै कुरा अपलोड, शेयर, लाइक, कमेन्ट गरेमा साइबर अपराधअन्तर्गत मुद्दा लाग्‍न सक्छ ।

साउदीमा साइबर अपराधअन्तर्गत ५ वर्षको जेल वा ३० लाख रियाल जरिवाना अथवा दुवै कारबाही हुनसक्ने दूतावासले जनाएक छ ।

सूचना

प्रतिक्रिया