प्रचण्ड निवासमा गृहमन्त्री खाण : समसामयिक विषयमा छलफल


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।

पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको र दुबै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहेको खुमलटार स्रोतले बतायो।

मंसिर ४ गते भएको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा लडेका दलहरू पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुकको विकास गर्न एकजुट भएर लाग्नेबारे कुराकानी भएको थियो।

प्रतिक्रिया