प्रधानमन्त्री प्रचण्ड र उप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता, सरकार विस्तारबारे छलफल


काठमाडाैं – सरकार विस्तारको तयारीबारे प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग भेट गरेका छन्  ।

सत्ता साझेदार रास्वपा अध्यक्ष लामिछानेकै नेतृत्वमा सरकारमा छ। मन्त्रिपरिषद् विस्तार पेचिलो बन्दै जाँदा दुई नेताबीच मन्त्रालय भागबण्डाको विषयलाई लिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो ।

रास्वपाबाट अहिले अध्यक्ष लामिछाने मात्र मन्त्री छन् । प्रधानमन्त्री प्रचण्डले संसदबाट ‘प्रचण्ड’ विश्वासको मत पाएसँगै सरकारमा जाने दलहरू समेत थपिएका छन् । यस्तोमा रास्वपालाई कति र कुन कुन मन्त्रालय र ककसलाई मन्त्री बनाउने विषयमा छलफल भएको हो ।

रास्वपाले तीन मन्त्रालय र एक राज्यमन्त्री दाबी गरेको छ। तर उसले दुई मन्त्री र एक राज्यमन्त्री पाउने सम्भावना छ । ​मन्त्रिपरिषद् विस्तारबारे आज बिहान प्रचण्डले नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग पनि छलफल गरेका थिए ।

प्रतिक्रिया