माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बोलाइएको छ। राष्ट्रपति निर्वाचन र गृहमन्त्रीको विषयमा छलफल गर्न स्थायी कमिटी बैठक स्थगित गरेर आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाइएको हो।

सचिव गणेश साहका अनुसार केहिबेरमा पार्टी कार्यालय पेरिसडाँडा बैठक बस्नेछ। उनले भने, ‘आजको बैठक यस अगाडि स्थायी कमिटी बैठकमा शुक्रबार पेश गरिएको पार्टी एकतासम्बन्धी प्रतिवेदन, राष्ट्रपति निर्वाचन र पार्टी स्कूलिङ विभागको प्रतिवेदनमाथि छलफल हुन्छ।’

माओवादी केन्द्रका अधिकांश नेताहरूले साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपतिमा अघि सार्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि ‘दबाब’ पनि बढाएका हुन्।

साहले पार्टीको आन्तरिक जीवनबारे विशेष एजेण्डा बनाएर पदाधिकारी बैठकमा छलफल हुने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *