फागुन र चैतमा एमालेले सुदृढीकरण अभियान चलाउने


काठमाडौं – सत्ता साझेदार नेकपा एमालेले पार्टीको संगठन सुदृढीकरणका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाउने भएको छ । फागुन र चैत महिनामा सञ्चालन हुने अभियानले पार्टीको संगठनमा नयाँ ऊर्जा थप गर्ने नेताहरूको भनाइ छ ।

आज (बिहीबार) बसेको केन्द्रीय सचिवालय बैठकले फागुन र चैत महिनामा पार्टीको संगठनमा ऊर्जा थप गर्नका लागि मिसन ग्रासरुट अभियान सञ्चालन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार पार्टीका केन्द्रीय सदस्य र सांसदहरूलाई गाउँमा केन्द्रीत भएर संगठन गर्न निर्देशनसहित ११ वटा कार्यादेश तोकेर जिम्मेवारी दिइएको छ ।

अभियानको फागुन ५ गते सात वटै प्रदेशमा अभियानमा खटिने नेताहरूलाई अभिमुखीकरण गरेर थालनी गरिनेछ । उनले पार्टीको संगठन सुदृढीकरणको दुई महिने अभियानपछि पार्टी नयाँ ढंगले अघि बढ्ने विश्वास लिइएको समेत बताए ।

प्रतिक्रिया