१२ वर्षीय बालिका सेती खोँचमा खसेपछि…


कास्की- पोखराको सेती नदीको खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार भएको छ ।

शनिबार दिउँसो खेल्दै गर्दा खसेकी पोखरा-८ नागढुङ्गाकी १२ वर्षीया स्मृती पराजुलीको प्रहरीले उद्धार गरेको हो ।

पोखरा-८ नागढुंगा बस्ने स्मृतिसहित तीनजना साथी मिलेर सेती खोचमा खेल्न गएका थिए ।

पोखरा-१५ मा रहेको हरियो खर्कको खेल मैदानमा जाँदै गर्दा सेती नदीको नजिकैको खोचमा खसेकी उनको उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

प्रतिक्रिया