अवरुद्ध भएको चार घन्टापछि पुन: सञ्चालनमा पृथ्वीराजमार्ग


काठमाडाैं – बन्द भएको चार घन्टापछि पृथ्वीराजमार्ग पुन: सञ्चालनमा आएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि सडक  अवरुद्ध भएको हो ।

आज बिहान १० बजेदेखि अवरुद्ध रहेको याम्पा-आँबुखैरेनी सडकखण्ड दिउँसोबाट सञ्चालन भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजनमा बसेको घाइतेका आफन्त, प्रहरी र जनप्रतिनिधिको बैठकले घाइतेलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमतिपश्चात् राजमार्ग सञ्चालन भएको हो ।

डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नंको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किँदा स्थानीय घाइते भएका थिए ।

प्रतिक्रिया