आगन्तुक फूल ज्याकारान्डाले सजियो काठमाडाैं (तस्वीर)


काठमाडाैं – अहिले दरबारमार्ग, रत्नपार्क, घण्टाघर, सिंहदरबार, शहीदगेट र टुँडिखेल वरपरका सडक छेउमा  ज्याकारान्डालगायतका धेरैथरी फूलहरु फूलेर सजिएको छ ।

अहिले काठमाडौं आसपासमा फूलेको यो फूल ज्याकारान्डा मिमोसिफोलिया प्रजातिको हो । यसको पात र शिरिषको फूलको पात उस्ताउस्तै भएकोले गर्दा यसलाई नीलो शिशिष पनि भनिन्छ । तर यिनीहरुमा समानान्तर देखिने भनेको पात मात्रै हुन् । यसलाई रैथाने भन्दा पनि आगन्तुक फूल भन्ने गरिन्छ ।   

प्रतिक्रिया