देशका तीनवटा प्रदेशमा वर्षा, सामान्यतया मौसम सफा


काठमाडौं – आज शुक्रबार देशका तीनवटा प्रदेशमा वर्षा देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशभर मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार दिउँसोदेखि माैसममा सामान्य बदली भई तीनवटा पदेशको पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया