आजको माैसम : देशका धेरै स्थानमा बर्षाको सम्भावना


काठमाडाैं – हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले आज र भोलि देशका धेरै ठाउँमा बर्षा हुने महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा तथा बाग्मती प्रदेशको पहाडी भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

यस्तै कोशी प्रदेशको पहाडी भेगका एक दुुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । आज उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँ तथा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेशसहित कोशी प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र मधेश प्रदेशका थोरै ठाउँमा छिटफुटदेखि हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने पनि महाशाखाले जनाएको छ । सोमबारदेखि क्रमिक रूपमा मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया