देशभर सामान्य देखि पूर्ण बदली, राति बाढी पहिरोको जोखिम हुने सम्भावना


काठमाडाैं – गएरातिदेखि देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

काठमाडाैं उपत्यका, प्रदेश-१ र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा अहिले पनि पानी परिरहे पनि अन्य स्थानमा भने अहिले पानी पर्न रोकिएको हाे। अहिले पानी परिरहेका ठाउँमा पनि केहीबेरमा पानी रोकिने र दिउँसोपछि फेरि वर्षा हुने सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

यस्तै, राति भने प्रदेश-१ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । राति बाढी पहिरोको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले सबैमा आग्रह गरेकाे छ।

प्रतिक्रिया