छुट्टाछुट्टै घटनामा कैलालीका दुई जनाको मृत्यु

धनगढी – कैलालीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा दुई जनाको मृत्यु हो।

धनगढी उपमहानगरपालिका-१२ सी गाँउका ४५ वर्षीय युवराज शाहीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घरको शौचालयमा विजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका शाहीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, कैलारी गाउँपालिका–९ बनकनरीका ५ वर्षीय बिजल चौधरीको पानीमा डुुबेर मृत्यु भएको छ। शनिवार पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *