खोलाले बगाउँदा लमजुङमा बालकको मृत्यु


लमजुङ – लमजुङको पाउँदी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। सुन्दरबजार नगरपालिका-६ ऐशेलुचौरका १० वर्षीय समर्पण परियारको मानेचौकास्थित पाउदीखोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।

उनी शुक्रबार दिउँसो साथिहरुसँग खोलामा पौडी खेल्न गएका थिए । उनलाई खोलाले बगाएर ८ सय मिटर तल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

उनको शव सुन्दरबजार र तनहुँको भानु–११ मानेचौका जोड्ने मोटरेवल पुल नजिकै भेटिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया