पाेखरामा कारले स्कुटरलाई ठक्कर दिँदा २ विद्यार्थीकाे मृत्यु


कास्की – पोखराको लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाकाे मृत्यु भएकाे छ ।

दुर्घटनामा पोखरा महानगरपालिका-२५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा-५ जिरो किमीकी २४ वर्षीया भावना बरालको मृत्यु भएकाे कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरू दुवै जना गण्डकी मेडिकल कलेजका विद्यार्थी हुन् ।

आज आइतवार पोखराबाट तालचोकतर्फ जाँदै गरेको बी एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई पोखरा-२६ सुन्दरी बजारकाे पृथ्वी राजमार्गमा ठक्कर दिएकाे थियो ।

प्रहरीले कारका चालक मानबहादुर बानियाँलाई पक्राउ गरेका थियाे ।

प्रतिक्रिया