जहाजको शौचालयमा नवजात शिशुको शव फेला


काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह शहरबाट काठमाडौं आएको विमानमा नवजात शिशुको शव फेला परेको छ ।

बुधवार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला परेको त्रिभुवन विमानस्थल, नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ ।

नवजात शिशु बालिका भएको र के कारणले यस्तो भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ । घटनाको प्रकृति हेर्दा ‘मिसक्यारेज’ भएको जस्तो देखिएको र सोही विमानमा आएकी एक महिला अस्वस्थ छिन् । उनलाई अस्पताल पठाइएको बताइएको छ ।

प्रतिक्रिया