नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडक निरीक्षण, समयमै आयोजना सक्न प्रधानमन्त्रीको निर्देशन


काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’ बाट निर्माणाधीन नारायणगढ-बुटवल सडक खण्ड र मुग्लिन-पोखरा सडक खण्डको भर्चुअल निरीक्षण गरेका छन् ।

आज सोमवार दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन दुई सडक खण्डका बारेमा जानकारी लिए । निरीक्षणपछि प्रधानमन्त्रीले परियोजनाहरु नागरिकले महसुस गर्नेगरी कामको प्रगति नभएकोप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

उनले गिटी, बालुवा ढुङ्गा, विद्युतका सानातिना समस्यामा सरकारले शीघ्र समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्  । साथै परियोजनाहरू निर्धारित लक्ष्यअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिँदै उनले तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न निर्देशनसमेत दिएका छन् ।

प्रतिक्रिया