विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ


काठमाडाैं – देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-४ धोबिघाटबाट अवैध लागूऔषध गाँजा १ किलोसहित सोही ठाउँ बस्ने ४२ वर्षिय कुमोद थापामगर समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय अबिनास कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० दिपाघाटबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय ८० मिलिग्रामसहित लालझाडी गाउँपालिका-५ बस्ने २१ वर्षिय प्रकाश महरा समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ देवरियाबाट अवैध लागूऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ ६ ग्राम ८ सय ७० मिलिग्रामसहित कञ्चनपुर पुनर्वास नगरपालिका-१ बस्ने अर्जुन रानासमेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको    छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया