आहा रारा गोल्डकप : फाइनलका लागि थ्री स्टार र जावलाखेल खेल्दै


काठमाडाैं – पोखरामा जारी २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनल प्रवेशका लागि आज थ्रीस्टार क्लब र जावलाखेलले प्रतिस्पर्धा गर्दैछन् ।

पोखरा रङ्गशालामा हुने सेमिफाइनल खेल दिउँसो साढे २ बजे हुँदैछ । थ्रीस्टार भुटानको पारो फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने जावलाखेलले मनाङ मर्स्याङ्दीलाई हराएको थियो ।

प्रतियोगिताको फाइनल पर्सि शनिवार हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया