आजको माैसम : देशका केही स्थानमा हल्का वर्षाको सम्भावना


काठमाडाैं – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दूई स्थानमा फाटफुट देखि हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

बर्षा र हिमपातका साथै तराईका केही स्थानमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाको अनुरोध छ।

प्रतिक्रिया