६५ किलो गाँजासहित अटो चालक राजु चौधरी पक्राउ


महोत्तरी – करिब ६५ किलो अवैध लागूऔषध गाँजासहित अटो चालक पक्राउ परेका छन् । बर्दिबास नगरपालिका-८ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ६५ किलोसहित सोही ठाउँ बस्ने ३२ वर्षीय राजु प्रसाद चौधरीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी हात्तिलेट र ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले ज.१ स ६५१७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोभित्र लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजासहित अटो चालक चौधरीलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया