माैसममा पश्चिमी वायूको प्रभाव : पश्चिम नेपालका धेरै स्थानमा बदली, केही ठाउँमा वर्षा


काठमाडाैं – पश्चिमी वायूको प्रभावका कारण हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का बर्षा र गण्डकी प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । देशभर साधारणतया बदली रहने छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षाको साथै कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया