वृद्धाको हत्या गरी फरार युवक पक्राउ


काभ्रे – वृद्धाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-८ का २९ वर्षीय सन्तोष आचार्य रहेका छन् । इलाका प्रहरी कार्यालय बनेपाले पत्रकार सम्मेलन गरेर बिहीबार आरोपी सार्वजनिक गरेको हो ।

काभ्रेको धुलिखेल-९ घर भई बनेपा-१३ भैंसेपाटीस्थित डेरा गरेर बस्ने ८३ वर्षीया लक्ष्मी तामाङ गरेर फरार रहेका युवकलाई चैत १३ पक्राउ गरिएको हो ।

युवकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । युवक लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया