करिब ११ किलो गाँजासहित दुई जना पक्राउ


मकवानपुर – करिब ११ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका-१५ रातामाटेबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सर्लाही बलरा नगरपालिका-६ बस्ने २१ वर्षीय सुजित कुमार सहनी र २० वर्षीय सरोज कुमार सहनी रहेका छन् । प्रहरी चौकी रातामाटेबाट खटिएको प्रहरीले बा.४ ख ५९३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

प्रतिक्रिया