अवैध लागूऔषधसहित ११ जना पक्राउ


पर्सा – अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन् । पर्साको वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरौ हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१७ शारदा नगर बस्ने २४ वर्षीया सुनिता विक र २४ वर्षीय अमित गुरूङ रहेका छन् । प्रहरी चौकी ईनरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै वीरगंज महानगरपालिका-१५ चालिस फिट्टेबाट अवैध लागूऔषध खैरौ हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट चन्द्रनगर नगरपालिका-५ बस्ने २४ वर्षीय सेजल श्रेष्ठ र पर्सा जिराभवानि गाउँपालिका-२ बस्ने १९ वर्षीय बिजय साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.९५ प २३०३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

साथै वीरगंज महानगरपालिका-१६ भानुचोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३० ट्याबलेटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका-६ बस्ने २१ वर्षीय सुलभ सिलवाल र सोही नगरपालिका-७ बस्ने १९ वर्षीय कुशल मगर रहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-२ अत्तरिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित सोही नगरपालिका-११ बस्ने २५ वर्षीय मनोज बडैलालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै लम्कीचुहा नगरपालिका-१ टिकापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

साथै लम्कीचुहा नगरपालिका-१ लम्की चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ५० मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय दिनेश साउद र २१ वर्षीय जनक बिक रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ नकैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्रामसहित भारत उत्तराखण्ड बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया