आजको माैसम : धेरै भू-भागमा बदली, वर्षा र हिमपातको सम्भावना


काठमाडौं – हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भू-भागमा वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । हाल देशभर आंशिक बदली छ ।

दिउँसोदेखि भने पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । बाँकी भू-भागमा आंशिक बदली रहनुका साथै मौसम मुख्यतया सफा रहनेछ ।

यस्तै कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया