अवैध लागूऔषधसहित तीन जना पक्राउ


कञ्चनपुर – अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । भिमदत्त नगरपालिका-४ स्थित न्यु शिवशक्ति होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ५ सय ४४ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बझाङ केदारस्यु गाउँपालिका-६ बस्ने २४ वर्षीय गोविन्द बहादुर धामी र रूकुम सानोभेरी गाउँपालिका-३ बस्ने ३४ वर्षीय गोपाल पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरू बसेको होटलको कोठाबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाटबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ ग्राम २३ मिलिग्रामसहित भारत अररिया ठगपुरा पञ्चायत बस्ने २६ वर्षीय मनोज ऋषिदेवलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया