कर्णालीमा नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान


सुर्खेत – कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान भएको छ । प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन् ।

सात दिन समय दिएर सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । नेकपा (माओवादी केन्द्र) का संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री शर्माले बुधबार अपराह्न प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा बुझाएका थिए ।

यसअघि मुख्यमन्त्री शर्माले प्रदेश सभा बैठकमा सम्बोधन गरी राजीनामाको घोषणा गरेका थिए । सत्ता गठबन्धन दलहरूबीच संघमा भएको सहमतिमा कर्णाली मुख्यमन्त्री नेकपा (एमाले) ले लिने सहमति भएको थियो ।

प्रतिक्रिया