आईपीएल क्रिकेट : आज दिल्ली र हैदराबाद खेल्दै


काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

खेल दिल्लीमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । हैदराबाद ६ खेलमा ८ अङ्कसहित तालिकाको चौथो स्थानमा र दिल्ली ७ खेलमा ६ अङ्कसहित छैटौँ स्थानमा छ ।

गएराति भएको खेलमा लखनउ सुपर जाइन्टले चेन्नई सुपर किङग्सलाई ८ विकेटले हरायो । जितसँगै लखनउको ७ खेलमा ८ अङ्क भएको छ । लखनउ तालिकाको पाँचौं स्थानमा छ । समान ७ खेलमा ८ अङ्क नै रहेको चेन्नई तेस्रो स्थानमा छ ।

प्रतिक्रिया