गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा


काठमाडौं – गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन भएको छ । उनीहरुमध्ये ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा तथा पदस्थापन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कार्यरत झरेन्द्र प्रसाद चापागाईंलाई इलाका प्रशासन कार्यालय दमकमा सरुवा गरिएको छ ।

उपसचिव लोकमान श्रेष्ठलाई मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । सिराहका सहायक प्रजिअमा भीमराज कोइराला र सप्तरीको सहायक प्रजिअमा जितेन्द्र कुमार यादवलाई पदस्थापन गरिएको छ ।

उत्तर कुमार घिमिरेलाई पर्साको सहायक प्रजिअ, नरेश कुमार यादवलाई रौतहटको सहायक प्रजिअ र महेश राज तिम्सिनालाई इलामको सहायक प्रजिअको रूपमा पठाइएको छ ।

प्रतिक्रिया