ग्याल्पो ल्होसारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडाैं – सरकारले बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचना निकालेर जनाएको छ ।

यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक बिदा दिइएको सूचना उल्लेख गरिएकाे छ । मन्त्रालयकाे सूचना अनुसार भोलि सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था बन्द हुने भएका छन् ।

प्रतिक्रिया