जापान पठाउने भन्दै दुई करोड ६८ लाख ठगीको आरोपमा दुई जना पक्राउ


काठमाडाैं – जापान पठाउने भन्दै ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीको आरोपमा पक्राउ परेका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई आज सार्वजनिक गरेको हो ।

उनीहरूले कन्सल्टेन्सी सञ्चालन गरेर विभिन्न व्यक्तिलाई जापान पठाउने प्रलोभनमा ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको छ ।

श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका-१ का रहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

उनीहरुले दीपबहादुर तामाङमार्फत् १३ जनाबाट ३७ लाख रकम र सुनिलकुमार नेपालीमार्फत् २० जनाबाट ३२ लाख रकम लिएको तथा वैदेशिक रोजगार विभागमा अन्य झण्डै एक सय जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया