अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ


काठमाडाैं – अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जनालाई प्रहरीले पक्राउ छ ।

बाँके, जानकी गाउँपालिका-६ प्रिप्रहवा रिहारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११४.२६० मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१२ बस्ने २७ वर्षीय प्रमोद कार्की र २६ वर्षीय सुशिल परियार रहेका छन् ।

उक्त स्थानमा लागूऔषधको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा सुशिल परियार भाग्न खोज्दा प्रहरीले गोली प्रहार गर्दा उनी सामान्य घाइते भएका थिए ।

घाइते भएका सुशिललाई तत्काल उपचारको लागि भेरी अस्पताल नेपालगंज लगिएकोमा उपचार पश्चात डिस्चार्ज भएका छन् । उनीहरूले प्रयोग गरेको भे.५ प ३१३५ नम्बर र भे.६ प ६२०६ नम्बरको २ थान स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।

सिरहा, औरही गाउँपालिका-१ दरैहियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ११ ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-१२ बस्ने २३ वर्षीय युगेश लामा र धनगढीमाई नगरपालिका-१० बस्ने २३ वर्षीय विषेश श्रेष्ठ रहेका छन् । प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश-०२१ प ८४८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पर्सा, बिन्दवासिनी गाउँपालिका-४ मधुबल बस्ने ५१ वर्षीय कृष्ण चन्द्र साहलाई अवैध लागूऔषध गाँजा २ सय ५० ग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया