कोशी र मधेशसहित बाग्मती प्रदेशमा हल्का पानी पर्दै


काठमाडाैं – हाल कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश र बाग्मती प्रदेशका थोरै स्थानहरुमामा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

अहिले देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया