लमजुङमा चट्याङ लागेर एकजनाको मृत्यु, एक घाइते


लमजुङ – गएराती वर्षासँगै परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । क्व्होलासोथार गाउँपालिका-७ तल्लो चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेलको चट्याङ लागेर मृत्यु भएको हो ।

मंगलबार राती २ बजेतिर पिसाब फेर्न घर बाहिर निस्केको बेलामा चट्याङ लागेको  परिवारिक स्रोतले बताएका छन् । यसैगरी चट्याङका कारण राइनास नगरपालिका-९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते भएका छन् ।

उनको सुन्दरबजारस्थित नमुना अस्पतालमा उपचार भइहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मिनबहादुर घलेले जानकारी दिए । घटनास्थलमा गिलुङ प्रहरी चौकीबाट प्रहरी खटिएको उनले बताए। घटनाको पूर्ण विवरण आउन बाँकी रहेको उनले बताए ।

चट्याङका कारण बेंसीसहर नगरपालिका ६, शेराका मदन परियारको एउटा गोरु मरेको छ । विभिन्न क्षेत्रमा विद्युतीय सामाग्रीमा क्षति पुगेको बताइएको छ ।

प्रतिक्रिया